arrow

रोहित शेट्टीको फिल्म ‘सिंघम ३’ को सुटिङ सेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
aago-rohit.jpg

काठमाडौं । बलिउडका चर्चित निर्देशक रोहित शेट्टीले फिल्म ‘सिंघम ३’ को सुटिङ सेटको दृश्य सार्वजनिक गरेका छन् ।

रोहित अहिले आफ्नो आगामी फिल्म ‘सिंघम ३’ को सुटिङमा व्यस्त छन् । 

रोहितले बिहीबार आफ्नो इन्स्टाग्राम एकाउन्टमा फिल्म ‘सिंघम ३’ को सुटिङका ​​दुई तस्बिर सेयर गरेका हुन् । 

यी तस्बिरहरूमा कार र ट्रकमा आगो लागेको देख्न सकिन्छ। 

फिल्मको सुटिङका ​​तस्बिरसँगै उनले ‘सिङ्घम अगेन’ ह्यासट्यागमा ‘वर्क इन प्रोग्रेस...’ लेखेका छन् । 

फिल्म ‘सिंघम ३’ बाट दीपिका पादुकोण र टाइगर श्राफको लुक सार्वजनिक भएपछि यो तस्बिर बाहिरिएको हो । 

यो फ्रेन्चाइज फिल्मको पहिलो र दोस्रो भाग जस्तै तेस्रो भागमा पनि अजय देवगन मुख्य भूमिकामा छन् । 

चलचित्र ‘सिंघम ३’ को रिलिजको प्रतीक्षामा फ्यानहरू आतुर छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ