arrow

चन्द्रग्रहण लाग्ने दिनमा दुई पटक काल बेला

logo
हरि पन्त
प्रकाशित २०८० कार्तिक ११ शनिबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०८० कात्तिक ११ गते शनिबार, इस्वीसंवत अक्टोबर २८ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार आश्विनशुक्ल (दुर्गा) पक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनशुक्ल (दुर्गा) पक्ष को पूर्णिमा तिथि रातिमा २ः०२ बजेसम्म त्यसपछि प्रतिपदा तिथि लाग्नेछ ।

नक्षत्रमा रेवति बिहानमा ८ः०७ बजेसम्म त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वरियान ४६ घटि २१ पलासम्म त्यसपछि अतिगण्ड योग लाग्नेछ । करणमा भद्रा अहोरात्र रहनेछ । आनन्दादि योगमा धाता रहनेछ ।

सूर्य तुला राशिमा, चन्द्रमा मीन राशिमा बिहानमा ८ः०७ बजेसम्म त्यसपछि मेष राशिमा प्रवेश गर्नेछ । अहोरात्र रहनेछ । आज दिनमान २७ घटि ५४ पला अर्थात ११ घण्टा १२ मिनेटको रहनेछ ।

आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः११ बजे यम मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ५ः२२ बजे हुनेछ । यस्तै, चन्द्रउदय दिनमा ५ः०२ बजे हुनेछ भने चन्द्रअस्त रातिमा ५ः२१ बजे हुनेछ । 

आजको राशिफल

मेषः आज पनि समय भरोषाको छैन । यात्रामा झण्झट, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

वृषः आज पनि समय शुभ रहनेछ, विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमय रहनेछ । 
  
मिथुनः आज विवादित विषयहरूबाट निचोड तपाइँकै पक्षमा आउनेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याबाट छुटकारा पाइने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँनयाँ काम गर्न सकिनेछ । तपाइसँग मनमुटावको भावना राख्ने तथा शत्रुता राख्न चाहनेहरू आफै कमजोर हुनेछन् ।

कर्कटः आज पनि समय शुभ छैन । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसूस हुनेछ ।

सिंहः आज पनि समय शुभ छैन । आफन्त तथा अग्रजहरूसँग विवाद सिर्जन हुनेछ । गैर न्यायिक काम नगर्नु होला दण्ड तथा जरीवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिको लागि लामो दूरीको विदेश यात्रा हुनेछ ।

कन्याः आज पनि समय राम्रै रहनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र तिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । 

तुलाः आज समय र स्वास्थ्य राम्रो रहनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न हुनेछ ।

वृश्चिकः समय शुभ छैन, स्वास्थ्यमा समस्या आउन सक्छ । चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । पिसाब सम्बन्धी रोग एक्कासी देखापर्न सक्छ । एक पटक स्वास्थ्य जाँच गराउनु नै उचित हुनेछ । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।

धनुः आज पनि समय खराब छ । आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।

मकरः आज पनि समय राम्रो रहनेछ । परिवारका साथ रहेर मिष्ठान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङ्कन हुने ग्रहयोग रहेकोेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ ।

कुम्भः आज समय ठीक छैन । पढाई लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । आफन्त तथा साथीभाइ बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला ।

मीनः आज पनि समय राम्रो छ । टाढाबाट नगद प्राप्त हुनेछ । नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला । सामाजिक क्षेत्रबाट सम्मान मिल्ने योग पनि छ ।

साइतः सूर्य तुला राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले पश्चिम र उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ०६ः१० बजेदेखि    ७ः३४ बजेसम्म    काल बेला
बिहान ७ः३४ बजेदेखि    ८ः५९ बजेसम्म    शुभ बेला
बिहान ८ः५९ बजेदेखि    १०ः२३ बजेसम्म    रोग बेला
बिहान १०ः२३ बजेदेखि    ११ः४७ बजेसम्म    उद्धेग बेला
बिहान ११ः४७ बजेदेखि    १ः११ बजेसम्म    चर बेला
दिनमा १ः११ बजेदेखि    २ः३५ बजेसम्म    लाभ बेला
दिनमा २ः३५ बजेदेखि    ४ः०० बजेसम्म    अमृत बेला
दिनमा ४ः०० बजेदेखि    ५ः२४ बजेसम्म    काल बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः२४ बजेदेखि    ७ः०० बजेसम्म    शुभ बेला
साँझ ७ः०० बजेदेखि    ८ः३६ बजेसम्म    रोग बेला
राति ८ः३६ बजेदेखि    १०ः११ बजेसम्म    उद्धेग बेला
राति १०ः११ बजेदेखि    ११ः४७ बजेसम्म    चर बेला
राति ११ः४७ बजेदेखि    १ः२३ बजेसम्म    लाभ बेला
राति १ः२३ बजेदेखि    २ः५९ बजेसम्म    अमृत बेला
रातिमा २ः५९ बजेदेखि    ४ः३५ बजेसम्म    काल बेला
रातिमा ४ः३५ बजेदेखि    ६ः११ बजेसम्म    शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन । 

(नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।)

भिडियो



नयाँ