arrow

एकै घरका चार जनाको सामूहिक हत्या

विदेशबाट आइपुगे दीपक, परिवारका चार जनाको शव देखेर थामिएन आँशु

भन्छन्- त्यो दिनको भिडियो कल अन्तिम रहेछ

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० कार्तिक १२ आइतबार
mugu-hatya-deepak.jpg

मुगु । हरेक दिन दुई तीन पटक कतारबाट घरमा रहेका घर परिवारसँग भिडियो कलबाट घरको अवस्था बुझ्ने दीपकको असोज ८ गते साँझ घर परिवारसँग भएको भिडियो कल अपराधीहरूका कारण अन्तिम भिडियो कल हुन पुग्यो ।

कात्तिक ७ गते दशैको टिका थाप्न माइती गाउँ कोटिल्ला पुगेकी छाँयानाथ रारा नगरपालिका- ६ मुन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा सहित तीन सन्तानको आफ्नै घरभित्र अपराधीले धारिलो हतियार प्रयोग गरी सामूहिक हत्या भएपछि कतारबाट शनिवार घर पुगेका श्रीदेवीका श्रीमान् दीपक बोहोराले त्यो दिनको भिडियो कल आफ्ना परिवारसँगको लागी अन्तिम भएको भावविहिल हुँदै सुनाए । 

माइतीघरबाट टिका थापी तीन जना सन्तान सहित कार्तिक ८ गते घर फर्किँदै गर्दा घर सम्म पुग्दा दुबै जना पति पत्नीको कुरा हुँदै आएको थियो । घर पुगी सकेपछि पनि रयाकमा मोबाइल राखेर लामो कुरा भएको थियो । केही छिन पछि घरबाट पत्नीले भोली आफ्नो बारीमा सिमी उखेल्नु पर्ने छ । भोली काम सकेपछि फेरी कुरा गरौला भनेर भिडियो कलबाट दुबै जना छुट्टिएका थियौ । तर कुन पापीले सदैका लागी मेरो घरपरिवारबाट छुट्टाई दियो दीपकले सान्त्वना दिन आएका आफन्तलाई रुँदै सुनाए । 

आफ्नो पत्नीको फेसबुक आइडीबाट कार्तिक ९ गते बेलुकी पाँच बजेतिर आफ्नो म्यासेन्जरमा परिवारको फोटो सेन्ट गरेपछि पुन आफुले दुई पटक सम्म कल गर्दा भिडियो कल उठेन अर्को पटक गर्दा उसले फेसबुक अफ गरयो पत्नीको अर्को नम्बरमा फोन गर्दा त्यो फोन पनि अफ थियो । पत्नीको मोबाइलसमेत पापीले लगेको रहेछ बोहोराले बताए ।

सिमी उखेल्ने कामले घटना जानकारी भयो । घटनाको अवस्था हेर्दा कात्तिक ८ गते राति नै हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । कार्त्तिक १० गते बिहान ९ बजे मात्र प्रहरीले घट्नाको जानकारी पाएको थियो । आफ्ना तीन सन्तानसँग दशैको टिका थाप्न माइती गाउँ गएको भन्ने छरछिमेक सबैलाई जानकारी थियो । 

मृतक तीनै जना कात्तिक ८ गते आफ्नो घर पुगेका थिए । १० गते बिहान सम्म घरमा ताला लगाएको छिमेकीले देखे पछि उनकी माइजू रेसा बोहोराले मृतकको माइती घरमा फोन गरेर गाउँमा सबैले सिमी उखेल्न सुरु गरिसकेका छन् भान्जीको घरमा ताला लगाएको छ भन्ने जानकारी दिएपछि माइती घरबाट छोरी सहित तीनै जना नाति नातीना ८ गते बेलुका नै आफ्नो घर गइसकेका थिए भन्ने जवाफ पाएपछि माइजूले अन्य छिमेकीलाई बोलाई घरको ताल तोडेर घर भित्र छिर्दा बीभत्स तरिकाले चारै जनाको हत्या गरेको देखेपछि तत्कालै प्रहरीलाई फोन गरेर जानकारी गराएकी थिइन् ।

सिमी उखेल्ने काम नभएको भए अझै यो शव घर भित्र कहिले सम्म रहन्थे कसैलाई थाहा हुँदैन थियो । सबै गाउँलेहरूले सिमी उखेल्न काम एक दुई दिन अगाडिबाट गरी सकेका थिए । भान्जीको जग्गामा लगाएको सिमी नउखेलेको देखेपछि खबर गर्न घर पुग्दा घरमा ताला लगाएको देखे भान्जी माइती घरमा होलान् भनेर फोन गर्दा माइतीबाट हिँडिसकेको भनेपछि घरमा लगाएको ताला तोडेपछि यस्तो घटना देखियो सिमी उखेल्ने काम नभएको भए शवहरू घर भित्रै सड्ने रैछन मृतककी माइजू रेशा बोहोराले बताइन ।

घटना भएको दुई दिन पछि स्थानीयले खबर गरेपछि प्रहरीले घट्नाको जानकारी पायो र तत्कालै पिना चौकीको प्रहरी टोली घटना स्थलमा पुग्यो जिल्ला प्रहरी कार्यालयबाट डिएसपीको कमान्डमा प्रहरीहरू सोही दिन दुई घण्टा पछि घटना स्थलमा पुगी घटना स्थल सिल गर्ने काम गरी सोधपुछ र अनुसन्धानको काम अगाडी बढाएको भए पनि अपराधीको नजिक प्रहरी अझै पुग्न नसकेको छाँयानाथ रारा नगरपालिका-६ का वडा अध्यक्ष खेम बहादुर रावलले बताएका छन् ।

शनिबारबाट घटना स्थल मै बसेको प्रहरीको टोलीले घट्नाको मुचुल्का लगायत अन्य अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । नेपालगन्जबाट तालिम प्राप्त कुकुर झिकाई अनुसन्धान गरिरहेको प्रहरीले थप अनुसन्धानका लागी नेपालगन्ज, सुर्खेत र जुम्लाबाट प्रहरी अधिकृत लगायतको टोली झिकाई अनुसन्धान गरिरहेको छ । यो घट्नामा एक जनाको मात्र संलग्न नभई अन्य एक वा दुई जनाको समूहले गरेको हुन सक्छ । अपराधी धेरै टाढा पुग्न सकेको छैन । 

प्रहरीले अनुसन्धानका सबै प्रक्रिया अपनाएर अपराधीलाई ढिलो चाँडो समातेर छोड्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए। उनले भने,' अनुसन्धान हत्यारा नजिक नजिक पुगी सकेको छ सबै तथ्य,सत्य प्रमाणित र प्रमाण पछि जुटेपछि नियन्त्रणमा लिनेछौ ।' स्थलगत मुचुल्का उठाई मृतकहरूको लास पोष्टमार्टमका लागी जिल्ला अस्पताल मुगु लगिएको पनि प्रहरीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ