arrow

गर्भवती मोडेलको हत्या, शव फ्रिजमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
malesa-muni.jpg

लस एन्जलस । अमेरिकाको लस एन्जलसमा एक गर्भवती मोडल मृत फेला परेकी छिन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत्युअघि उनलाई कुटपिट गरिएको थियो । 

पोस्टमार्टम रिपोर्टअनुसार ती महिला मोडल दुई महिनाकी गर्भवतीसमेत थिइन् । ती महिलाको नाम मलेसा मुनी रहेको प्रहरीले जनाएको छ । 

मुनीकी बहिनी जोर्डिन पाउलिनले स्थानीय समाचार केटिएलएलाई बताइन् कि उनकी बहिनीले सधैँ आमा बन्ने सपना देखेकी थिइन् र उनको मृत्युको समयमा दुई महिनाको गर्भवती थिइन्।

विष विज्ञानको नतिजाले महिलाको शरीरमा बेन्जोइलेगोनिन (एक कोकेन मेटाबोलाइट) साथै कोकाइथिलिन र इथानोलको मिश्रण भेटिएको न्यूयोर्क पोस्टले उल्लेख गरेको छ । 

उक्त समाचारमा भनिएको छ कि पोस्टमार्टमको समयमा शरीरमा चोटपटकको अवस्था हेर्दा यी ज्यान जोखिममा पर्ने चोटहरू थिएनन् भन्ने अनुमान गर्न सकिन्छ।

मुनी फेला परेको परिस्थितिले मृत्यु हुनुअघि उनीमाथि कोही शारीरिक हिंसामा संलग्न भएको संकेत गरेको छ । समाचार अनुसार प्रहरीले मुनीको शव फ्रिजमा रगतले लतपतिएको अवस्थामा फेला पारेको थियो । उनको मुख बन्द थियो, हात खुट्टा बाँधिएको थियो। महिलाको घाँटी थिचेको पनि प्रमाण भेटिएको छ । 

मोडेल मुनीकी बहिनीले एक न्युज च्यानललाई भनिन्,  ‘मेरी दिदीले त्यो समय कसरी गुजारेकी होलिन, जुन बेला उनी माथी हमला भएको थियो, म कल्पना पनि गर्न सक्दिनँ, यो सोचेर मात्रै पनि म अहिले पनि काँपिरहेको छु ।’

मुनीको फोन र म्याकबुकसँग जोडिएको आइक्लाउडमा अलर्ट रहेको प्रहरीले जनाएको छ। जसको मतलब उनको फोन अरू कसैले प्रयोग गरिरहेको थियो भन्ने देखिएको छ । त्यसैमा टेकेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ