arrow

महासचिव गुटेरेसको नेपाल भ्रमणलाई अवसरमा परिणत गर्न विज्ञको सुझाव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
dharma-uprati-gutu.jpg

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने सुनौलो अवसरको रूपमा लिनुपर्ने विज्ञले सुझाव दिएका छन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले हिमाली र पर्वतीय क्षेत्रमा रहेका १३६ वटा राष्ट्रलाई जलवायु परिवर्तनको जोखिमबाट बचाउन राष्ट्र सङ्घका महासचिव गुटेरेसको नेपाल भ्रमणलाई सुनौलो अवसरको रूपमा उपयोग गर्नुपर्ने बताए। 

गुटेरेसको भ्रमणलाई अवसरको रूपमा लिई नेपाल र नेपालजस्तै जलवायु परिवर्तनको जोखिममा रहेका अन्य देशहरूको हितमा परिणत गर्न पनि नेपाल सरकारलाई सुझाव दिए । उनले जलवायु विज्ञ उप्रेतीले महासचिव गुटेरेसले नेपालको भ्रमण गर्नुलाई नेपालमा जलवायु परिवर्तनको असर छ भन्ने स्पष्ट सन्देश दिएको उल्लेख गर्दै नेपालमा जलवायु परिवर्तनले पुर्‍याएको क्षति बापत ५० बिलियन अमेरिकी डलर बराबरको बजेट दिनुपर्ने बताए । 

उनले भ्रमणले संयुक्त राष्ट्र सङ्घमा बुझाएको योजनालाई प्राथमिकतामा साथ अघि बढाउन संयुक्त राष्ट्र सङ्घलाई बल पुर्‍याएको पनि बताए । त्यसै गरी इजिप्टमा गत वर्ष सम्पन्न संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तनसम्बन्धि सम्मेलनमा हानी नोक्सानी सम्बन्धी कोष परिचालन गर्न भएको सहमति प्रभावकारी ढङ्गले परिचालन गर्न पनि महासचिव गुटेरेसको नेपाल भ्रमण उपयोगी हुने उनले बताए । 

विज्ञ उप्रेतीले विकासोन्मुख देशहरूमा जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि सय बिलियन अमेरिकी डलर सहायता गर्नुपर्ने माग संयुक्त राष्ट्र सङ्घलाई सम्बोधन गर्न महासचिव गुटेरेसको नेपाल भ्रमणले बल पुग्ने बताए । नेपाल पर्वतीय, हिमाली र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश भएको हुनाले आफू जस्तै भौगोलिक अवस्थामा रहेका जी ७७ लगायतका मुलुकहरूको हितमा हुने गरी संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसको भ्रमणमा आफ्ना कुरा राख्न सक्नुपर्ने पनि विज्ञ उप्रतीले बताए ।

जलवायु विज्ञ उप्रेतीले महासचिव गुटेरेसको नेपाल भ्रमणले नेपाल जस्तै जलवायु परिवर्तनका कारण भएको असरका कुराहरू राख्न सहज हुने विश्वास व्यक्त गरे । उनले नेपाल जलवायु परिवर्तनका हिसाबले जोखिममा रहेको बताए । उनले हानी नोक्सानी वित्तको बारेमा कसरी अघि बढ्ने भन्नेमा नेपालको स्पष्ट नीति नरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ