arrow

गुटेरेसले सम्बोधन गर्ने संसदमा यस्तो छ तयारी [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
antonio-guterres-samsad.jpg

काठमाडौँ ।  सङ्घीय संसद सचिवालयले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद बैठकको तयारी तीव्र पारेको छ । 

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलवार दिउँसो ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन् । 

यसको निम्ति सङ्घीय संसद सचिवालयले तयारी तीव्र पारेको हो । सचिवालयका प्रवक्ता एकराम गिरीले तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । उनले मङ्गलवार(भोलि) बिहान १० बजेसम्ममा सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा भइसक्ने जानकारी दिए ।

उनले सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने बताए । बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूची रहेको उनले जानकारी दिए । 

गुटेरेसको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ