arrow

प्रधानाध्यापक सर्राफ हत्याको विरोधमा मधेस प्रदेशका विद्यालयहरु बन्द 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
rupesh-sharaff-2080.jpg

बारा । मधेस प्रदेशका विद्यालयहरू आज बन्द हुने भएका छन् । बाराको एक विद्यालयका प्रधानाध्यापक रुपेश सर्राफको हत्याको विरोधमा आज मधेसका बिद्यालयहरु बन्द हुन लागेका हुन् । 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आह्वानमा मधेश प्रदेशका विद्यालयहरु एक दिनका लागि शोक बिदा दिइएको हो ।

बाराको कलैयास्थित बाल एकता माविको संचालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । 

गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा वीरगञ्ज अस्पतालमा मृत्यु भएको थियो ।

नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्मिा सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गरिएको छ ।

सो हत्या विरोधमा आज नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालयहरु बन्द गर्ने निर्णय भएको सो विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ