arrow

किंग खान ५८ वर्ष लागे, मन्नतमा फ्यानलाई सरप्राइज

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
sharukh-khan-2023-11-02.jpg

मुम्बई । बलिउडका किंग खान अर्थात् शाहरुख खान आजबाट ५८ वर्षका भएका छन् । अभिनेताको जन्मदिन उनका फ्यानका लागि पर्वभन्दा कम हुँदैन । 

हरेक पटकझैँ यस पटक पनि बलिउडका बादशाहका हजारौँ फ्यान सुपरस्टारको एक झलक पाउन र उनलाई जन्मदिनको शुभकामना दिन मन्नतबाहिर ठूलो संख्यामा जम्मा भएका छन् ।

किंग खान पनि गएराति आफ्नो घरको बालकनीमा आएर फ्यानहरुलाई बधाइ तथा जन्मदिनको शुभकामना दिएकोमा धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मन्नतको गेटबाहिर फ्यानहरूको लाइन देख्न सकिन्छ । 

उनीहरुमध्ये कोही फोनबाट तस्विर र भिडियो खिचिरहेको देखिएका थिए भने कसैको हातमा किङ खानको पोस्टर थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ