सरकारले दिएको हत्यारा रिगलको कैदमाफी बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
804
Shares
काठमाडौँ । सर्वोच्च अदालतले योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको छ ।
नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारेर कैद मिनाहा गरेको थियो ।
सरकारको उक्त निर्णयविरुद्ध चेतनकी श्रीमती भारतीले रिट दायर गरेकी थिइन् । उक्त रिटमा सुनुवाइ गर्दै शुक्रबार कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको इजलासले सरकारको निर्णय बदर गरिदिएको हो ।