arrow

‘पठान’ र ‘जवान’ को गीतमा नाचे शाहरुख

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
saharukhs.jpg

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानले आफ्नो ५८ औँ जन्मदिनको अवसरमा विशेष कार्यक्रम आयोजना गरेका थिए ।

शाहरुखले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट एक भिडियो सेयर गरेका छन् । 

सो भिडियोमा शाहरुख उनको २०२३ को ब्लकबस्टर फिल्म ‘पठान’ र ‘जवान’ को गीतमा नाचिरहेका छन् । 

शाहरुख खानले फिल्म ‘पठान’ को ‘झुमे जो पठान’ र फिल्म ‘जवान’ को ‘रमैया वस्तावैया’ गीतमा डान्स गरेका थिए । 

शाहरुख खानको भिडियो भाइरल हुने बित्तिकै फ्यानहरूले कमेन्ट गर्न थालेका छन् ।

हिजोबाट शाहरुख ५८ वर्षका भएका छन् । अभिनेताको जन्मदिन उनका फ्यानका लागि पर्वभन्दा कम हुँदैन । 

शाहरुखले बुधबार राति नै आफ्नो घरको बालकनीमा आएर फ्यानहरूलाई बधाई तथा जन्मदिनको शुभकामना दिएकोमा धन्यवाद दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ