arrow

नलगाडकी उपमेयर सरिता सिंहको भूकम्पमा परी मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
sarita-singh-2080-07-18.jpg

काठमाडौँ । भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ । शुक्रबार रातिको भूकम्पमा परेको उनको मृत्यु भएको हो । 

जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी सिंहको मृत्यु भएको हो । भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका उनको भनाइ छ ।

रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको उनले बताए । 

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो । 

जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ