arrow

भूकम्पले जाजरकोट दरबारमा पनि क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
jajarkot-darbar-2080-07-18.jpg

जाजरकोट । जाजरकोटमा शुक्रबार राति आएको भूकम्पले विसं. १८२५ मा निर्माण भएको जाजरकोट दरबारमा पनि क्षति पुर्‍याएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी १२९ जनाको मृत्यु भएको छ । 

शनिबार बिहान ७ बजेसम्ममा जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको हो । नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतका अनुसार जाजरकोटमा ६४ र रुकुममा ५७ जना घाइते भएका छन् । 

अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी उद्धारको लागि खटिएको छ ।  ‘उद्धार कार्य भइरहेको छ, मृतकको संख्या बढनसक्ने देखिएको छ, ‘डीआईजी कडायतले भने, ‘हाम्रो मेडिकल टिम तयारी अवस्थामा छ, सेना र सशस्त्रका नजिकका युनिट समेत सक्रिय भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ