arrow

जाजरकोट भूकम्पः उद्धारमा तत्काल जुट्न सभामुखको अनुरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
devraj-ghimire-speaker-2080-02-08.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सभामुख देवराज घिमिरेले जाजरकोटमा गए राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धारमा जुट्न अनुरोध गरेका छन् । 
 
उनले उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गरेका हुन् । सभामुख घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु । उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गर्दछु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ