arrow

कांग्रेसले भूकम्प पीडितका लागि ५० लाख दिने, सबैलाई सहयोगमा जुट्न अपील

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
congress-nc-party-office-hq.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसले जाजरकोटमा गएको भूकम्पमा परी भएको मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको भन्दै यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न अपील गरेको छ । 

कांग्रेसले यसै क्रममा भूकम्प पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । 

स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न कांग्रेसले अपीलसमेत गरेको छ । 



नयाँ