arrow

जाजरकोट भूकम्पले बैतडीमा घर भत्किँदा तीन घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
earthquake-final.jpeg
तस्बिर – फाइल ।

बैतडी । गएराति जाजरकोट केन्द्रविन्दु बनाइ गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पका कारण बैतडीमा तीन जना घाइते भएका छन् । भूकम्पका कारण एउटा घर भत्किएको छ भने तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । 

जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रिम घोरडीका कर्णबहादुर कार्कीको घर भत्किँदा कार्कीसहित उहाँकी श्रीमती ४५ वर्षीया नारु कार्की र नौ वर्षीया छोरी भावना कार्की समान्य घाइते भएकी छिन् ।

घरको पर्खाल भत्किँदा गोठमा बाँधेका एक गाई, एक भैँसी र बाख्रालाई पनि चोट लागेको छ । कार्कीको चारकोठे दुईतले कच्ची घरको पर्खाल भत्किएको हो । 

रातिको समयमा पर्खाल भत्किएपछि उनीहरु च्यापिएको र स्थानीयले उद्धार गरेका थिए । घर भत्किँदा घरभित्र रहेका सबै अन्नपात नष्ट भएका छन् भने कार्कीको परिवारलाई अर्को घरमा सारिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ