arrow

जाजरकोट भूकम्पले जुम्लामा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
Jumla_District.png
तस्बिर – फाइल ।

जुम्ला । पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पको धक्काले जुम्लामा समेत क्षति गरेको छ । यहाँको तातोपानी गाउँपालिका–४ निवासी हरिबहादुर खत्री र चन्दननाथ नगरपालिका–९ का स्थानीयवासी विष्णु महतको घरमा क्षति गरेको छ । 

भूकम्पबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए । सुतेकै कोठाको पर्खाल भत्किएपछि निद्रामै घर बाहिर निस्किएर मानवीय क्षति हुनबाट बचेको स्थानीयवासी प्रेम खत्रीले जानकारी दिए । उनका अनुसार घरको पर्खाल भत्किनाका साथै केही भाग चर्किएको छ । 

भौतिक क्षति भए पनि मानवीय क्षति भएको छैन । जोखिमका हिसाबले घरमा बस्न सक्ने अवस्था नरहेको स्थानीयवासी खत्रीको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जुम्लामा भूकम्पले गरेको क्षतिबारे कुनै सूचना नआएको जानकारी दिए । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ