arrow

भूकम्पले भएको क्षतिप्रति कास्की कांग्रेसबाट दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
pokhara-congres-kaski.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीले भूकम्पले जाजरकोट र रुकुम पश्चिममा पुर्याएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । 

पार्टीले घटनाप्रति दुःख व्यक्त गर्दै भूकम्पमा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

‘घाइतेको उद्धार र उपचारमा कुनै कमि हुन नदिन सरकारसँग माग गर्दछौं’, पार्टी प्रवक्ता युवक लामिछानेले भने । 

भूकम्पपीडितको उद्धार, राहत सहयोगमा जुट्न सबैमा उनले अपिल गरे ।

यसैबीच कास्की कांग्रेसले कात्तिक २२ गते आयोजना गरेको शुभकामना आदान-प्रदान तथा जलपान कार्यक्रम स्थगित गरिएको प्रवक्ता लामिछानेले जानकारी दिए । 

कार्यक्रममा पार्टीका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्मा आउने तय भएको थियो । 

भूकम्प पीडितको सेवामा जुट्नुपर्ने र पार्टीको केन्द्रीय निर्णय बमोजिम कास्कीको कार्यक्रम पनि स्थगित गरिएको हो । 

पछिल्लो विवरण अनुसार भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । 

भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । 

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । 

यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन/तीन तथा रोल्पामा एक जना घाइते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ