arrow

भूकम्प प्रभावितलाई कास्की रेडक्रसको राहत

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
redcross.jpg

पोखरा । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई नेपाल रेडक्रस सोसाइटी कास्कीले राहत पठाएको छ ।

रेडक्रसको पदाधिकारीको बैठकको निर्णयअनुसार दुवै जिल्लाका प्रभावितको लागि रु एक/एक लाखको दरले राहत पठाइएको मन्त्री सुरेन्द्र गुरुङले जानकारी दिए ।

उनका अनुसार नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखा तथा रुकुम पश्चिम शाखामार्फत राहत पठाइएको हो ।

सोसाइटीका कार्यवाहक सभापति धर्मराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले रेडक्रसको आधारभूत सिद्धान्त, मूल्य र मान्यताका आधारमा भूकम्प प्रभावितको लागि आवश्यक सहयोगको लागि जुट्न रेडक्रसका उपशाखा तथा निकाय, स्वयंसेवक तथा कर्मचारीलाई अपिल गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावित समुदायको खोज, उद्धार तथा राहतमा जुट्न रेडक्रसका सबै निकायलाई आग्रह गरेको छ । 

भूकम्प प्रभावितका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पनि राहत सामग्री पठाएका छन् । 

गण्डकी प्रदेश सरकारले भूकप्प प्रभावितका लागि रु एक करोड सहयोग गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को आजको बैठकले प्रभावितलाई सहयोगका लागि कर्णाली प्रदेश सरकारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको थियो । 

यसैगरी गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावितको उद्धार र उपचारका लागि औषधिसहित विषेशज्ञ चिकित्सकको टोली पठाएको छ । 

प्रदेश सरकार मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचनको नेतृत्वमा मेडिकल, हाडजोर्नी र एनेस्थिेसियाको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी र उपचार सामग्रीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा पठाएको हो । 

टोलीले सम्बन्धित स्थानमा पुगेर आज बिहानदेखि काम सुरु गरेको डा गौचनले बताए । 

पोखरा महानगरपालिकाले पनि भूकम्प प्रभावितका लागि रु ५० लाख सहयोगको घोषणा गरेको छ । 

महानगरले समेत प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी सहितको उद्धार टोली पठाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ