प्राइम बैंकले भूकम्प पीडितको राहतका लागि २५ लाख ५१ हजार दिने
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
3.2k
Shares
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
बैंकले प्रेस विज्ञप्ति जारी गर्दै बैंकले विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति बेहोर्नु परेको अकल्पनीय घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आर्थिक सहयोगको घोषणा गरेको हो ।
कम्पनी सचिव राजकुमार कार्कीले जारी गरेको विज्ञप्तिमा तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार आर्थिक सहयोग उपलब्ध गराउने जनाइएको छ ।