arrow

बेथा भूकम्प पीडितका

पीडा आकाशलाई छानो बनाएर रात गुजार्नुपर्दाको [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
jajarkot-earthquake-victim (18).jpg

जाजरकोट । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पले ९ सय ३७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार पूर्णरुपमा क्षतिग्रस्त घरमध्ये ९०७ वटा जाजरकोटका हुन् ।

अहिलेसम्म भूकम्पमा परी जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने रुकुम पश्‍चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएको छ ।

जाजरकोट सदरमुकाम खलंगामा भुकम्प पीडितहरु अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन् । शुक्रबार रातिदेखि नै जाजरकोटका नागरिकले खुला आकाशमुनि रात बिताउँदै आएका छन् ।

प्रभावित क्षेत्रका अधिकांश घरमा क्षति पुगेको छ। कतिपय घर ढलेका छन् त कतिमा चिरा–चिरा परेको छ। पटक–पटक गइरहेको परकम्पले पनि मानिसहरु घरभित्रै बस्न सकेका छैनन्।

 राहतका सामान आउने क्रम जारी छ र केही ठाउँमा राहतको त्रिपाल पुगे पनि अधिकांश ठाउँमा पीडितहरु खुला आकाशलाई छानो बनाएर मुनि बिना त्रिपाल र कति ठाउँमा आगोको भरमा रात बिताउन बाध्य भएका छन् । 
 

jajarkot-earthquake-victim (1).jpg
jajarkot-earthquake-victim (2).jpg
jajarkot-earthquake-victim (3).jpg
jajarkot-earthquake-victim (4).jpg
jajarkot-earthquake-victim (5).jpg
jajarkot-earthquake-victim (6).jpg
jajarkot-earthquake-victim (7).jpg
jajarkot-earthquake-victim (8).jpg
jajarkot-earthquake-victim (9).jpg
jajarkot-earthquake-victim (10).jpg
jajarkot-earthquake-victim (11).jpg
jajarkot-earthquake-victim (12).jpg
jajarkot-earthquake-victim (13).jpg
jajarkot-earthquake-victim (14).jpg
jajarkot-earthquake-victim (15).jpg
jajarkot-earthquake-victim (16).jpg
jajarkot-earthquake-victim (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ