arrow

एसको सचिवालय बैठक जारी, महाधिवेशनबारे छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
samajbai.jpg
फाइल तस्बिर

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ ।. सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक शुरु भएको हो । 

बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ । जागरण अभियानताका झन्डै ३ लाख ५० हजारसँग प्रत्यक्ष भेटघाट भएको र झन्डै १० हजार कार्यकर्ता पार्टी प्रवेश गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले बताए । 

त्यस्तै माघमा हुने महाधिवेशनबारे आन्तरिक गृहकार्य र छलफल हुने बताइएको छ । साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र अध्यक्ष माधवकुमार नेपालको आसन्न चीन भ्रमणका साथै समसामयिक राजनीतिबारे छलफल हुने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ