arrow

उपप्रधानमन्त्री श्रेष्ठसँग फ्रिडम फण्डका पदाधिकारीको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
narayankaji-shrestha-2080-06-07.jpg
तस्बिर-फाइल

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग फ्रिडम फण्डका पदाधिकारी तथा प्रतिनिधिले भेटवार्ता गरेको छ । 

सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको सो भेटमा उनीहरूबीच नेपाल सरकारका प्राथमिकता र फ्रिडम फण्डले गर्नसक्ने सहयोगका बारेमा छलफल भएको थियो । 

श्रमिक एवं कामदारमाथि हुने घरेलु, लैङ्गिक र आर्थिक हिंसाविरोधी अभियानमा सामाजिक संस्थामार्फत सहयोग पु¥याउँदै आएको फ्रिडम फण्डले नेपाल सरकारसँगसमेत सहकार्यको प्रस्ताव गरेको थियो । 

त्यसक्रममा टोली प्रमुख नताशा डोल्बीले अनुचित लेनदेन (मिटरब्याज) नियन्त्रणसम्बन्धि कानुन निर्माण र लागू गरेकामा उपप्रधानमन्त्री श्रेष्ठप्रति आभार व्यक्त गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले कृषि, जलविद्युत्, पर्यटन र जडिबुटी गरी नेपालको विकासका मुख्य चार क्षेत्रमा सहकार्य जरुरी रहेको बताए । 

उनले राजनीतिक परिवर्तनलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा एकाकार गर्ने मूल लक्ष्यमा वर्तमान सरकारको मूल जोड रहेको र सबै सहकार्य र सहयोग त्यसैमा केन्द्रित होस् भन्ने चाहना आफूहरूको भएको उनले बताए ।

सन् २०२६ देखि नेपाल विकासशील देशमा स्तरोन्नति हुने भएकाले पनि भौतिक र सामाजिक विकासको रफ्तारलाई अघि बढाउन सहयोगको खाँचो रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । 

टोली प्रमुख र प्रतिनिधिहरूले राजनीतिक परिवर्तन र भौतिक विकासलाई सामाजिक न्यायसहित अगाडि बढाउने सरकारको प्राथमिकताको प्रशंसा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ