arrow

प्रधानाध्यापकको मृत्यु शंकास्पद भन्दै गोलबजारका सबै विद्यालय अनिश्चितकालीन बन्दको घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २२ बुधबार
siraha1.png
तस्बिर – फाइल ।

सिराहा । सिराहाको गोलबजार नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिनसहित नौबुँदे माग राखेर जिल्लाका शिक्षक सङ्घ सङ्गठनले गरेको आन्दोलनको कारण मंगलबार यहाँका विद्यालयको पठनपाठन प्रभावित भएको छ । 

गोलबजार नगरपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह आफ्नै विद्यालयमा आइतबार बिहान झुन्डिएर आत्महत्या गरेका थिए । 

प्रधानाध्यापक साहको शङ्कास्पद मृत्यु भएको भन्दै जिल्लाका विभिन्न आठ पेसागत शिक्षक सङ्गठनले घटनाको सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषी पत्ता लगाउन दबाबस्वरुप मंगलबार जिल्लाभर पठनपाठन ठप्प पारेका हुन् । 

त्यस्तै शिक्षकले गोलबजार नगरपालिकाअन्तर्गतका सम्पूर्ण विद्यालय अनिश्चितकालका लागि बन्दको घोषणा गरेका छन् । 

मृतकको परिवार र स्थानीयले पूर्वपश्चिम राजमार्गको विभिन्न खण्डमा चक्काजामसमेत गरेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ