arrow

टीसीएल क्यूएलईडी टीभीमा विश्वकप क्रिकेट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २२ बुधबार
tcl-2080-07-22.jpg

 काठमाडौँ । टेलिभिजनको दुनियाँमा एक नयाँ प्रविधि क्यूएलईडी टीभी (क्वान्टम डट लाइट इमिटिङ डिओड ) को उदय भएको छ । यो बजारमा पाइने ओएलईडीको विपरीत एलसीडी प्रविधिको आधारमा बनाइने नेपालको आधिकारिक विक्रेता चौधरी ग्रुपले जनाएको छ । 

क्यूएलईडी टिभीहरूले प्रदर्शनमा व्यक्तिगत पिक्सेलहरू उज्यालो बनाउनको लागि एलईडी ब्याकलाइट र केही अवस्थामा बहुब्याकलाइटहरू प्रयोग गर्ने जनाइएको छ । 
 
यो प्रविधिले रङहरू सटीक र स्पष्ट रूपमा रेन्डर गरिएको सुनिश्चित गरी समग्र तस्बिरको गुणस्तर बढाउने दाबी गरिएको छ। सीजी भन्छ – यसले प्रत्येक रङ र छायाँलाई जीवन्त रूपमा प्रस्तुत गरेको सुनिश्चित गर्दछ । तपाईको दृश्य अनुभवलाई अझ जीवन्त बनाउँछ। त्यसैले ओएलईडी टीभीमा चलिरहेको आईसीसी मेन्स क्रिकेट विश्वकप जस्ता रोमाञ्चक कन्टेन्ट पूरै आनन्दका साथ हेर्न सक्नु हुन्छ।

यसबाहेक क्यूएलईडी टीभीहरूमा एलईडी ब्याकलाइटिङले उच्च चमक स्तर प्रदान गर्ने भएकाले तीखो र थप विस्तृत चित्रमा योगदान पुर्याउने दाबी गरिएको छ । 

यस्ता टीभीहरु  उज्यालो वातावरण हेर्दा पनि भिडियोको चमक उत्कृष्ट नै पाउन सकिने खालका हुने बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ