- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आउँदो १४ मंसिरदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ ।
बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले १४ मंसिरदेखि तीन साता लामो मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ ।
सो अभियान डडेल्धुराको झुलाघाटबाट शुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुने एमालेले जनाएको छ ।