arrow

साधारण सभामा एन्फा अध्यक्षले अविश्वासको प्रस्तावको सामना गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
anfa-logo-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा बस्दैछ । बागमती प्रदेशको राजधानीमा हेटौँडामा आज बस्ने साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध परेको अविश्वासको प्रस्तावको बारेमा छलफल हुनेछ । 

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नु पर्ने भन्दै लिखित निवेदन दिएका थिए । 

नेतृत्वमा पुगेको एक वर्ष नपुग्दै अध्यक्ष र महासचिव विरुद्ध बर्खास्तको माग आएपछि आजको साधारण सभामा अध्यक्ष नेम्वाङले अविश्वास प्रस्तावको सामना गर्दैछन् । 

महासचिवका बारेमा भने यसअघि नै बैठकले अविश्वासको प्रस्तावको सामना गर्न नपर्ने जनाएको थियो ।

 एन्फाको नेतृत्वमा कूल १०५ सदस्य रहेका छन् । जसमध्ये साधारण सभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ । 

आफूहरुको सूचित गराउने लाइन रहेको नेतृत्व इतर पक्षले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ