arrow

न्हु दँया भिन्तुना र्‍याली [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २७ सोमबार
nhudaya-bhintuna-2080-(11).jpg

काठमाडौँ । पाटनमा सोमबार बेलुका मैन बत्तीसहित नयाँ वर्षको न्हु दँया भिन्तुना (शुभकामना) र्‍याली निकालिएको छ । नेपाल सम्वत ११४४ को भिन्तुना र्‍याली निकालिएको हो ।

न्हु दँया भिन्तुना । अर्थात् नयाँ वर्षको शुभकामना । र, यो शुभकामना हो, नेपाल संवत् ११४४  को । कात्तिक शुक्लपक्षदेखि नेपाल संवत्को नयाँ वर्ष शुरु हुन्छ र यो अवसर रहेको छ, नेपालको संस्कृति र परम्परासँग भिजेको हाम्रो मौलिक संवत्को नयाँ वर्षको खुसियाली मनाउने दिन ।

नेपाल संवत् चन्द्रमासमा आधारित छ । लिच्छविकालमा कुन संवत् चलनचल्तीमा थियो, त्यसबारे समान धारणा पाइन्न । लिच्छविकालपछि भने हाम्रोमा नयाँ संवत् चलनचल्तीमा आएको देखिन्छ ।

लक्ष्मी पूजाको भोलिपल्ट नेपाल संवत् शुरु हुन्छ । सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् शुरु भएको दिन नेवार समुदायमा ‘म्हःपूजा’ गर्ने विशिष्ट सांस्कृतिक परम्परा रहेको पाइन्छ । 

म्हःपूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ हुन्छ, शरीर पूजा । म्ह अर्थात् शरीर । नयाँ वर्षको पहिलो दिन आफ्नै शरीर पूजा गर्ने परम्परा आफैँमा विशिष्ट र मौलिक रहेको छ । यसलाई विशेषतः काठमाडौँ उपत्यका भक्तपुर ललितपुरमा ठूलो उत्साह र भावनाले मनाइने गरिन्छ ।

nhudaya-bhintuna-2080 (1).jpg
nhudaya-bhintuna-2080 (2).jpg
nhudaya-bhintuna-2080 (3).jpg
nhudaya-bhintuna-2080 (4).jpg
nhudaya-bhintuna-2080 (5).jpg
nhudaya-bhintuna-2080 (6).jpg
nhudaya-bhintuna-2080 (7).jpg
nhudaya-bhintuna-2080 (8).jpg
nhudaya-bhintuna-2080 (9).jpg
nhudaya-bhintuna-2080 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ