arrow

ठूलो फिल्ममा देखिँदै अनिल कपुर

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
anil-kapoor.jpg

काठमाडौँ । भारतका चर्चित व्यापारी तथा सहारा समूहका मालिक सुब्रत रोयको बायोपिकमा अनिल कपुरको नाम जोडिएको छ । 

गत मंगलबार ७५ वर्षीय सुब्रत रोयको निधन भएको थियो । उनी लामो समयदेखि बिरामी थिए र मुम्बईको एक अस्पतालमा उपचार गराइरहेका थिए । 

 सुब्रत रोयको जन्मदिन अर्थात् १० जुनमा फिल्म निर्माता सुदीप्तो सेनले बायोपिकको घोषणा गरेका थिए। 

सो बायोपिकमा अनिल कपुरले सुब्रत रोयको भूमिका निभाउन सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

तर, यसबारे अहिलेसम्म टुङ्गो लागेको छैन । अनिल कपूरले सुब्रत रोयको जीवनमा भएका केही विवादहरूमा आपत्ति जनाएका छन्। 

अहिले सुब्रत रोयको बायोपिकमा उनको भूमिकाका लागि सबैभन्दा पहिलो रोजाइ अनिल कपूर हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ