arrow

कोल्बुङमा बस दुर्घटना, ३७ जना घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
accident-final-1618290232.jpg

काठमाडौँ । इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । स्थानीय संचारकर्मी भीम चापागाईका अनुसार धनुषाधाम नगरपालिकाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर जाँदै गर्दा लसुनेमा राजमार्गबाट खसेर दुर्घटना भएको हो । 

बसमा सवार ३८ मध्ये ३७ जना घाइते भएका छन् । एक बालक भने रुखमा अड्किएको बताइएको छ ।

घटनास्थलमा उद्धार कार्य जारी छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ