arrow

देउवा निवासमा बसेको कांग्रेस बैठकले यस्तो गर्‍यो निर्णय

मङ्सिर ७ गतेको आन्दोलनलाई लिएर सरकार गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
deuba-niwas.jpg

काठमाडौँ । नेपाली कांग्रेसले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितहरूलाई थप सहयोग गर्ने बताएको छ । सोमवार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकमा राहत उद्धार, पुनः निर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई थप सहयोग गर्न कसरी सकिन्छ ? भन्ने विषयमा छलफल भएको पार्टीका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । 

बैठकमा समसामयिक विषयमा पनि छलफल भएको बताए । उनले सरकारले अस्थायी आवासका लागि प्रभावित परिवारलाई दिने भनेको ५० हजार रुपैयाँ आज जिल्ला तहमा पुग्ने बताए । 

उनले प्रभावित परिवारलाई सहयोगका लागि पार्टीको आह्वानमा खटिन चाहनेहरूले अस्थायी आवास निर्माणका लागि सहयोग गर्न सक्ने बारेमा पन छलफल भएको बताए ।

उनले भने, ‘भूकम्प पीडित जाजरकोट र रुकुम पश्चिममा जुन भूकम्पबाट क्षति भयो, त्यसपछिको राहत उद्धार, पुनः निर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई थप सहयोग गर्न कसरी सकिन्छ ? भन्ने विषयमा छलफल भयो । थप समसामयिक विषयमा पनि छलफल भयो । भूकम्प प्रभावित क्षेत्रमा सरकारले ५० हजारको दरले हरेक क्षति भएका घरका परिवारलाई दिने अस्थायी आवासको लागि भनेको छ । त्यो चाँडै पुग्नुपर्ने र आज जिल्ला तहमा पुग्छ र जिल्ला विपद् कोषले गाउँपालिकामार्फत सम्बन्धितकोमा पुग्छ, त्यसपछि अस्थायी आवास बनाउनुहुनेछ । पार्टीले त्यहाँ स्वयंसेवक बेसिसमा सहयोग गर्न चाहनेहरूलाई परिचालन गर्ने कुरा भएको छ ।’

मन्त्री महतले मङ्सिर ७ गतेको आन्दोलनलाई लिएर सरकारले गम्भीर रूपमा हेरिरहेको बताए । उनले संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरेको भए पनि समाज भन्दा बाहिर गएर अभिव्यक्ति दिन नहुने बताए । उनले मङ्सिर ७ गते दुई पक्षको आन्दोलन भएकाले त्यसबाट आउने समस्याका बारेमा सरकार सचेत रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ