arrow

निकुञ्जमा पाटेबाघ मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
tiger-killed-bardia.jpg

भरतपुर ।  चितवनमा पाटेबाघ मृत फेला परेको छ । 

भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो । 

अन्दाजी छ/सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । 

बाघ एक आपसमा जुँधेर मृत्यु भएको अनुमान गरिएको उनले बताए । 

निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोष्टमाटमको तयारी गरेको छ । 

सन् २०२२ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ रहेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ