- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली कांग्रेस कास्कीको प्रथम जिल्ला सम्मेलन पुसको पहिलो साता हुने भएको छ । पार्टीको आज बसेको बैठकले पुसको पहिलो साता जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता युवक लामिछानेका अनुसार सम्मेलन पुसको पहिलो साता उपयुक्त दिनमा गर्ने निर्णय गरेको हो । प्रवक्ता लामिछानेका अनुसार जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि नगद रु ६ लाख र जिन्सी सामग्री सहयोग गर्ने निर्णय गरेको छ ।
भूकम्प पीडितका लागि सहयोग सहयोग हस्तान्तरण गर्न पार्टीको एक टोली त्यसतर्फ जाने तयारी भइरहेको उनले बताए ।
एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सघाउने उद्देश्यले कास्की कांग्रेसले आफ्ना नेता कार्यकर्ता र शुभेच्छुकसँग रकम संकलन गरेको हो ।
बैठक पार्टी सभापति किशोरदत्त बरालको सभापतित्वमा बसेको थियो ।