arrow

तत्काल उच्च स्तरीय संयन्त्र बनाउन प्रधानमन्त्रीलाई अध्यक्ष ढकालको आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ५ मंगलबार
chandraprasad-dhakal-2080-08-05.jpg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा रहेको भन्दै समाधानको स्पष्ट तस्बिर ल्याउन सरकारसँग माग गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका लागि सिंहदरबारमा आयोजना गरेको छलफलमा संबोधन गर्दै ढकालले अहिलेसम्म समस्यामात्रै बाहिर आएको भन्दै अब समाधानको स्पष्ट तस्बिर ल्याउन ढिला गर्न नहुने बताए । 

उनले अहिलेसम्म भएका पहलबाट नतिजा सुखद आउन नसकेको भन्दै सबैको राम्रो कामको नतिजा पनि राम्रो निकाल्न सहकार्य आवश्यक भएकोमा जोड दिएका छन् । 

अध्यक्ष ढकालले समस्या समाधानका लागि उच्च स्तरीय संयन्त्र घोषणा गर्न पनि प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् । 

यस्तो छ अध्यक्ष ढकालको सम्बोधन 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ