arrow

मंसिर १४ देखि काठमाडौँमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, बुकिङ गर्न केही स्टल बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ६ बुधबार
fncci-building-teku-13.gif
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष आगामी २०८० मंसिर १४ देखि १८ गतेसम्म काठमाडौँमा हुने भएको छ । 

भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलामा अब केही स्टलमात्र बुकिङका लागि बाँकी रहेको महासंघले जनाएको छ । 

यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र सहभागिता हुने भएको छ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्धारा मेड इन नेपाल पभेलियन तथा बस्तुगत संघहरुको कमोडिटी पभेलियन रहने छ ।

नेपाल सरकार–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको प्रबद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको हो । 

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नवौँ संस्करण हो । कुल ३०० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । 

मेलामा सार्क राष्ट्रसहित चीन, दक्षिण कोरिया, जापान, इण्डोनेशिया, मलेसिया लगायतका देशका क्रेताहरुलाई आमन्त्रण गरिने भएकोक छ ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड इन नेपाल शो हस्तकला उत्पादनहरु, लघु घरेलु तथा साना उद्योग रहने छन् । 

मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकार्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत रहेको छ । मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रबिधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा एउटा विशिष्ठ पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रर्बद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने आशा एवंं विश्वास महासंघले लिएको जनाएको छ । 

साथै मन्दिमा रहेका अर्थतन्त्रलाई चलायमान बनाउनसमेत नेपाल इन्टरनेशनल ट्रेड फेयर सहयोगी हुने महासंघको विश्वास छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ