arrow

तुलसी विवाहका अवसरमा झापाका तीन पालिकामा बिहीबार बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ६ बुधबार
tulasi-bibaha.jpg
तस्बिर – फाइल ।

झापा । हरिबोधिनी एकादशी (तुलसी विवाह) का अवसरमा झापाका तीन पालिकाले भोलि स्थानीय बिदा दिएका छन् । कचनकवल गाउँपालिकाले भने पर्सी शुक्रबार बिदा दिएको हो ।  

आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वका अवसरमा भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले हरिबोधिनी एकादशीकै दिन स्थानीय बिदा दिएका हुन्। कचनकवलले एकादशी सकिएको भोलिपल्ट बिदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ।

स्थानीय बिदाका दिन पालिका र पालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ