arrow

रोशन केसी माछापुच्छ्रे बैंकको अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
roshan-kc-machhapuchhre-ban.jpg

काठमाडौँ । रोशन केसी माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष बनेका छन् । बिहीबार बसेको सञ्चालक समितिको ४९१ औँ बैठकले केसीलाई अध्यक्ष बनाएको हो । 

यसअघि सो बैठकले बैंकको संस्थापक शेयरधनीका तर्फबाट डा. उपेन्द्र महतोले अध्यक्ष र सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको थियो । 

बैंकले नेप्सेलाई लेखेको पत्रमा महतो बैंकमा संलग्न नरहेको बताएको छ ।  महतोको राजीनामाको कारण भने पत्रमा खुलाइएको छैन ।

महतो गत वर्षको मंसिर १२ गतेदेखि बैंकको सञ्चालक समिति अध्यक्ष रहेका थिए । नयाँ सञ्चालक समिति अध्यक्ष केसी पोखरा–७ मुस्ताङ चोक निवासी हुन् ।

केसी विगत नौ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध भई मिति २०७४ बैशाख १४ देखि २०७५ पुस २० सम्म बैंकका अध्यक्ष रहेका थिए । 

हाल अध्यक्षमा नवनियुक्त हुनुअघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।

साथै उनी एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ