arrow

सोरुकोटबाट गमगढी तर्फ आउँदै गरेको जीप दुर्घटना, आठ जना घाइते (नामसहित)

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
soru-accident.jpg

मुगु । सोरु गाउँपालिका केन्द्र सोरुकोट जिल्ला सदरमुकाम गमगढी तर्फ आउँदै गरेको जीप दुर्घटना भएको छ ।

शुक्रबार बिहान सोरुकोटबाट गमगढीका लागी छुटेको लु १ ज ४८१० नम्बरको जीप बिहान ८ बजे सोरु गाउँपालिका ६ कच्चेकोट भन्ने स्थानमा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी गराए ।

जीप दुर्घटनामा गम्भीर घाइते भएका चालक धन कर्ण मल्ल वर्ष १९ सोरु गा पा ११ लाई नेपालगन्ज रिफर गरिएको र अन्य घाइतेहरू आशा शाही वर्ष १४ सोरु ५ नेर , बसन्ती शाही वर्ष १५ सोरु गा पा ५ नेर ,प्रेम बहादुर मल्ल वर्ष ४९ सोरु गा पा २ जडेपानि ,लक्षमन शाही वर्ष १० सोरु गा पा ५ नेर ,एडिसन शाही वर्ष ८ सोरु गा पा ५ नेर र विवश शाही वर्ष १३ सोरु गा पा ५ नेर गाउँका लाई जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको र घाइते ८ जना मध्य एक जना सामान्य घाइते यात्रु घटना स्थलबाटै आफ्नो घर फर्केको पनि प्रहरी नायव उपरीक्षक थापाले बताए ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट उत्तर दक्षिण १९ किलोमिटर सडक दुरीमा रहेको र जीपको ब्रेक फेल हुँदा जीप सडकबाट ३० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको पनि प्रहरीले जनाएको छ ।

गमगढी तारापानी सडक फराकिलो र सुरक्षित संरचना नहुँदा मुगु जिल्ला भित्र रहका सबै सडक भन्दा यो सडकमा बढी यातायातका साधन दुर्घटना हुने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ