प्रधानमन्त्री प्रचण्ड र कतारी विदेश राज्यमन्त्रीबीच शिष्टाचार भेट
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
895
Shares
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
त्यस अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
साथै उनीहरुबीच लगानी र श्रम सहयोगबारे पनि विचार आदानप्रदान भएको थियो ।