arrow

नेपालगञ्ज म्याराथनको उपाधि गोपीलाई, महिलामा सन्तोषीको ह्याट्रिक

logo
सौरभ गिरी, 
प्रकाशित २०८० मंसिर ९ शनिबार
nepaljung-marathon-2080.jpg

नेपालगञ्ज । नवौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी  बल (एपीएफ) का गोपीचन्द्र पार्कीले जितेका छन् । यसअघि उनले छैटौँ संस्करणको उपाधि पनि जितेका थिए । 

उपाधिसँगै पार्कीले २ लाख नगद पुरस्कार जितेका छन् । उनले यसअघिको संस्करणका विजेता नेपाली सेनाका खड्कबहादुर खड्कालाई पछि पार्दै उपाधि जितेका हुन् । 

खड्काले दोस्रो स्थानमा चित्त बुझाउँदै एक लाख पुरस्कार पाएका छन् । तेस्रो स्थान एपीएफकै किरण सिंह बोगटीले हासिल गर्दै नगद ५० हजार हात पारे । 

यस्तै म्याराथन महिलामा सन्तोषी श्रेष्ठले ह्याट्रिक गरेकी छिन्। सातौं संस्करणबाट लगातार प्रथम स्थान हासिल गरेर श्रेष्ठले महिला म्याराथनमा ह्याट्रिक गरेकी हुन् । यस्तै फूलमती राना द्वितीय र पुष्पा भण्डारी तृतीय भएका छन् । 

प्रथम भएसँगै सन्तोषीले ७५ हजार नगद हात गरेको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । दोस्रो भएकी रानाले ५० हजार र तेस्रो हुन सफल भण्डारीले २५ हजार नगद हात पारेका छन् ।

प्रतियोगिता क्रियटिभ ह्याण्ड्सको आयोजनामा  भएको हो । नेपाल सरकार र तत्कालीन सशस्त्र माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा नेपालगञ्ज म्याराथन हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ