arrow

कांग्रेस नवलपुरको जिल्ला सम्मेलनमा देउवा सहितका केन्द्रीय नेताले सम्बोधन गर्ने

logo
सञ्जय भट्टराई,  
प्रकाशित २०८० मंसिर ९ शनिबार
congress-nawalpur-2080-08-09.jpg

कावासोती । नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनको तयारी पूरा भएको छ । यही मंसिर ११  गते सोमबारका दिन दलदलेको सहारा पार्टी प्यालेसमा सम्मेलन गर्न लागिएको शनिबार दलदलेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । 

राज्य पुनर्संरचनापछि बनेको कांग्रेसको संशोधित विधान अनुसार नवलपुरमा पहिलो पटक सम्मेलन आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा नवलपुर कांग्रेस सभापति एवं गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले बताएका छन् ।

जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको जिल्ला सम्मेलनको उद्घाटन सत्रमा कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री डा. शशांक कोइराला, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे सहितका केन्द्रीय नेताले सम्बोधन गर्ने सभापति जिसीले बताए ।

सम्मेलनमा जिल्लाको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवदेन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिकरणसँगै प्रजातन्त्र सेनानीहरू, शहीद परिवार तथा जनआन्दोलन र द्वन्द्वका घाइतेहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी कांग्रेसको महासमिति बैठकमा पेश गर्नका लागि जिल्ला सम्मेलनले राजनीतिक प्रस्ताव पास गर्ने तथा जिल्लाको समग्र विकास निर्माण तथा जनजिविकाको विषयमा कांग्रेस धारणा तयार पारेर संघ र प्रदेश सरकारलाई पठाइने सभापति जिसीले बताए ।
 
सम्मेलनको उद्घाटन सत्रमा जिल्ला भरिका कांग्रेसका कार्यकर्ता तथा आम सर्वसाधारणको उपस्थित रहने छ भने बन्द सत्रमा जिल्ला भरिका ९२ वडाका  १ हजार ९ सय ७२ प्रतिनिधिहरु सहभागी हुने सभापति जिसीले जानकारी दिए ।



नयाँ