arrow

कार्तिक नाचमा नृसिंह गाथा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
kartik-naach-2080.jpg

काठमाडौँ । कार्तिक नाच शुरु भएको ८ औँ दिन नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ । मङ्सिर २ गतेबाट यस पटक शुरु भएको कार्तिक नाचमा शनिवार राति नृसिंह अवतार (हिरण्यकश्यपु वध) देखाइएको हो ।  

वि.स. १६९७ मा शुरु भएको ऐतिहासिक कार्तिक नाचमा भगवान विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको छ । यो ऐतिहासिक नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार तत्कालीन दरबार चोकभित्र रहेको भगवान श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भएको उत्सव मनाउन पहिलो पटक शुरु गरेको इतिहास छ । 

कार्तिक नाच हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने नृत्य र सङ्गीतमा आधारित भएर देखाइने नृत्य नाटक हो । यो नाच पाटन दरबार स्क्वायरमा अवस्थित कार्तिक डबलीमा मञ्चन गरिन्छ । शुरुमा यो नाच राजा सिद्धिनरसिंह मल्लले ५ दिनको लागि नाशल चोकमा देखाएर यसको शुरुवात गरेका थिए ।

 स्थानीय किरण चित्रकारले कार्तिक नाच आज भन्दा ३८३ वर्ष (बि.सं. १६९७) मा राजा सिद्धिनरसिंह मल्लको पालामा उनका गुरुद्वय हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहमा शुरु भएको बताए । 

उनले शुरुवाती दिनमा ५ दिनबाट शुरु भएको यस नाचमा सिद्धिनरसिंह मल्लका छोरा श्री निवास मल्लले ७ दिन थपेर १२ दिन सञ्चालन गरेको बताइन्छ । 

त्यसपछि श्री निवासका छोरा योगनरेन्द्र मल्लले यसमा अरू १५ दिन थपेर १ महिनाभर सञ्चालन गर्ने गरी थालनी गरिएको उनले बताए । एक महिनाभर मनाउने गरिए पनि विभिन्न समयमा विभिन्न कारणले गर्दा मनाउन नसकिएको चित्रकारको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ