arrow

सरकारले तेस्रो लगानी सम्मेलन गर्दै [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
prakashsaran-mahat-2080-08-02.jpg

काठमाडौँ । सरकारले आगामी वैशाख ९ र १० गते काठमाडौँमा तेस्रो लगानी सम्मेलन,२०२४ आयोजना गर्ने भएको छ । 

 सरकारले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न आगामी वैशाख ९ र १० गते अर्थात् (२०२४ अप्रिल २१ र २२) मा तेस्रो लगानी सम्मेलन काठमाडौँमा गर्ने भएको हो ।

 सरकारले लगानी सम्मेलन आयोजना गर्ने निर्णय गर्दै अर्थमन्त्रीको नेतृत्वमा सम्मेलन तयारीका लागि निर्देशक समिति गठन गरेको छ । 

निर्देशक समितिमा उद्योग, भौतिक पूर्वाधार, पर्यटन, ऊर्जा र सहरी विकास मन्त्रीका साथै नेपाल राष्ट्र बैङ्कका गभर्नर लगायतका सदस्य छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ