arrow

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० मंसिर १० आइतबार
accident-final-1618290232.jpg

नेपालगञ्ज । नेपालगञ्जमा ट्यांकरको भयानक  ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ ।

धम्बोझी चोक नजिकै आज साँझ ना ३ ख ८८५२ नम्बर ट्यांकरले ठक्कर दिँदा नेपालगञ्ज १७ की १७ वर्षीया किशोरी सालिनी पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

बुबाले चलाएको मोटरसाइकलमा पछाडि बसेकी पाठकको घटनास्थलमै मृत्यु भएको थियो । मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ