arrow

सुन पसल फोड्दै गर्दा एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
Kaski Police.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ न्यूरोडस्थित सुन पसल फोड्ने प्रयास गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका वडा नं. ६ का १८ वर्षका बालक रहेका छन् । 

उनले न्यूरोडमा रहेको आर.के. स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसलको सटरको ताला काट्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

बालकलाई ताला काट्न प्रयोग गर्ने दुई थान हेक्सा ब्लेड र एक थान काटेको तालासहित पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता,  प्रहरी नायव उपरीक्षक डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

उनका अनुसार शनिबार मध्यराति १२ः१० बजे सुन पसलको ताला काट्दै गरेको अवस्थामा सिआरभी र बैदाम प्रहरीको टोलीले बालकलाई पक्राउ गरेको हो ।   

पक्राउ परेका बालकलाई चोरी उद्योग मुद्दामा अदातलबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका वडा नं. ३ का २० वर्षका विशाल दिसवा थारु रहेका छन् ।
 
वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको टोलीले पोखरा-३० पावरहाउस चोकमा सवारी चेकजाँचका क्रममा थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

थारुको साथबाट एक सय ७७ थान नाइट्राभाट नामक लागूऔषध बरामद गरिएको छ ।

पक्राउ परेका थारु विरुद्ध लागूऔषध मुद्धामा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ