प्रतियोगितामा खेलाडीले अङ्कका लागि प्रतिस्पर्धा गर्नेछन् । खेलाडीले प्राप्त गरेको अङ्कले उनीहरुको वरियता निर्धारण गर्नेछ ।
विजेता खेलाडीले ३० अङ्क, उपविजेताले १८, सेमिफाइन लिस्टले नौ, क्वाटरफाइन लिस्टले पाँच र अन्तिम १६ मा पुग्नेले आईटीएफको दुई अङ्क पाउनेछन् ।
प्रतियोगिताको उद्घाटन समारोहमा नेपालका नं १ टेनिस खेलाडी प्रदीप खड्का र नेहाल जङ्ग थापालाई सम्मान गरिएको थियो ।
खड्का र थापाले हालै काठमाडौँमा सम्पन्न गणेशमानसिंह राष्ट्रिय टेनिसका डवल्सतर्फका स्वर्णपदक विजेता हुन् । खड्काले एकलतर्फसमेत उपाधि जितेका थिए ।
कार्यक्रममा मन्त्री सिंखडाले प्रतियोगिता पोखराको खेल पर्यटन प्रवर्द्धनमा सहयोगी हुने बताइन् ।
उनले टेनिस खेल विकासका लागि पूर्वाधार निर्माण र खेलाडीको सुविधाका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
मन्त्री सिंखडाले भनिन्, “प्रदेश सरकार खेलकुद विकासका लागि योजनाबद्ध अघि बढेको छ । खेल क्षेत्रलाई व्यावसायिक बनाउँदै अघि बढ्नु आवश्यक छ । खेल क्षेत्रका विसङ्गति हटाउन सबैको सहयोग र साथ आवश्यक हुन्छ ।” रासस