arrow

कांग्रेस झापाले तीन दिन पार्टीको झन्डा आधा झुकाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
nepali-congress-flag.jpg

झापा । नेपाली कांग्रेस झापाका पूर्वजिल्ला सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको निधनमा पार्टीले तीन दिनसम्म शोक मनाउने भएको छ ।

स्व दाहालको निधनप्रति दुःख व्यक्त गर्दै आज मङ्सिर १२ गते कांग्रेस झापाको जिल्ला कार्यालय बन्द रहने र तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय भएको छ। 

कांग्रेस योद्धा शर्माको निधन भएलगत्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा स्वर्गीय शर्माको निवास पुगेका छन् । 

शर्मासहित कांग्रेस झापाका जिल्ला सभापति देउकुमार थेवेलगायत नेता तथा कार्यकर्ताहरु समवेदना दिन शर्माको निवास पुगेका थिए । 

कांग्रेस झापाका पूर्वसभापतिसमेत रहेका दाहाल त्यागी नेताका रुपमा चिनिन्थे । उनले विभिन्न कालखण्डमा पाँच वर्ष जेल, तीन वर्ष निर्वासन, पटकपटक नजरबन्दी, अञ्चल निष्कासन, राजकाजसम्बन्धी मुद्दामा सजाय भोगेका थिए। 

शर्माले छ दशकसम्मका शैक्षिक तथा राजनीतिक जीवनका अन्तरवस्तु समेटेर तीन वर्षअघि ‘त्यागको परिणाम’ नामक आत्मवृत्तान्त प्रकाशन गरेका थिए ।



नयाँ