arrow

एकैरात पोखराबाट १६ जुवाडे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
kouda-tash-juwa.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले गएराति १ः३० बजे १६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. २१ निर्मलपोखरी मैदानस्थित इलाइट रिसोर्टबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये छ जना रिसोर्ट सञ्चालक छन् ।

उनीहरुको साथबाट १६ थान कौडा, पाँच लाख पाँच हजार पैसठ्ठी रुपैया नगद बरामद भएको कास्की प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए । 

पक्राउ पर्नेमा पोखरा-३३ का ३८ वर्षका सन्तोष गुरुङ, ४६ वर्षका राम केसी, ३३ वर्षका रामचन्द्र आचार्य, पोखरा-६ का ३६ वर्षका सञ्जिव अधिकारी, ४० वर्षका राम ढकाल, ६४ वर्षका वीरबहादुर लामिछाने्, ४० वर्षका मोहन बहादुर गुरुङ छन् । 

यसैगरी पोखरा-१७ का ४० वर्षका प्रकाश पोखरेल, ४६ वर्षका कृष्णप्रसाद भण्डारी, ३० वर्षका कुमार भण्डारी, ३८ वर्षका गौतम गुरुङ, ४० वर्षीय जीवन शाही, पोखरा-२१ का वर्ष ४८ का होमबहादुर रानाभाट, ४० वर्षका टंकबहादुर कार्की, २३ वर्षका अनिष श्रेष्ठ, पोखरा-१० अमरसिंहचोकका वर्ष ६३ का मिनबहादुर बरुवाल पक्राउ परेका छन् ।

उनीहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी विकले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ