arrow

रेशम पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
Resham.jpg

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषध मुद्धामा फरार रहेको एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा फेदीखोला गाउँपालिका वडा नं. २ उपल्लो कुँडुले बस्ने बर्ष ४४ का रेशम थापा मगर रहेका छन् । 

स्याङ्जा प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) ईन्द्रबहादुर रानाका अनुसार लागूऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा जिल्ला अदालतले २०७६ असार ३१ गते थापा मगर विरुद्ध पाँच बर्ष कैद र रु. १० हजार जरिवाना गर्ने फैसला गरेको थियो । 

सोही फैसलापछि फरार रहेका थापा मगरलाई आज फेदीखोलाबाट पक्राउ गरेको डिएसपी रानाले जानकारी दिए । 

पक्राउ परेका थापा मगरलाई अदालतमा पेश गरि कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ