arrow

राष्ट्रपति सीको अमेरिका भ्रमणमा चिनियाँ विद्यार्थीलाई उर्दी जारी गरिएको खुलासा

logo
एजेन्सी,
प्रकाशित २०८० कार्तिक २२ बुधबार
xi-biden-2023-always.jpg
तस्बिर : फाइल

बेइजिङ। चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले अमेरिकामा अध्ययनरत चिनियाँ विद्यार्थीलाई राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा अनिवार्य उपस्थित हुन उर्दी जारी गरेको खुलासा भएको छ।

आफ्नो स्वागतमा धेरै चिनियाँहरू उपस्थित भएको देखाउनका लागि राष्ट्रपति सीको अमेरिका भ्रमणका क्रममा अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरूलाई उपस्थितिका लागि उर्दी जारी गरिएको खुलेको छ।

यो निर्देशन लस एन्जलसस्थित चिनियाँ वाणिज्य दूतावासले जारी गरेको बताइएको छ। सीसीपीले चिनियाँ विद्यार्थीहरूलाई सान फ्रान्सिस्कोमा राष्ट्रपति सी जिनपिङको स्वागत गर्नको लागि कार्यक्रम आयोजना गरेको थियो।

यस कार्यलाई 'महान् जिम्मेवारी र गौरवपूर्ण मिसन' को रूपमा चित्रण गर्दै चिनियाँ विद्यार्थी र विद्वान सङ्घका सबै समिति सदस्यहरूलाई आन्तरिक सूचना पठाएर अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको पाइएको हो।

एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति गत नोभेम्बर १३ मा सान फ्रान्सिस्को पुगेका थिए। उनले बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि द्विपक्षीय भेटवार्ता गरेका छन्।

यसै गरी भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङले विभिन्न अमेरिकी व्यापार अधिकारीहरूसँग भेटघाट गरेका छन्। उनको भ्रमणलाई कूटनीतिक कर र व्यापार विवादपछि अमेरिका र चीनबीचको सम्बन्धमा सुधारको सङ्केतका रूपमा हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ