arrow

नेप्सेको ओरालो यात्रा कायमै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा शेयर बजार एकल अंकले ओरालो लागेको छ  । मंगलबार शेयर बजार २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा पुगेर बन्द भएको छ । 

यस दिन २९० वटा कम्पनीको ४७ हजार ३३३ पटक भएको कारोबारमा ४७ लाख २७ हजार ९०२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रुपैयाँको कारोबार भएको छ । 

यस दिन १०२ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १२७ कम्पनीको ओरालो लागेको छ भने ११ वटाको स्थिर रह्यो ।  

 यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेप्से परिसूचकमा दोस्रो दिन सोमबार दोहोरो अङ्कले घटेको थियो । 

सोमबार नेप्से परिसूचक ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ को बिन्दुमा कायम भएको थियो ।
     
 



नयाँ